Home अपराध बाराको मुसहर्वा-बलिरामपुर नाका तस्कर हरुको लागि ग्रीन सिङ्नल एरिया बन्दै

बाराको मुसहर्वा-बलिरामपुर नाका तस्कर हरुको लागि ग्रीन सिङ्नल एरिया बन्दै

राजु चौरसिया// बारा , पौष ०९ 

बाराको मुसहर्वा बलिरामपुर नाका तस्करहरुको लागि ग्रीन सिग्नल एरिया बन्दै गएको छ । बारा प्रहरीको पछिल्लो तथ्यांक अनुसार तस्करी तथा भन्सार छलिका माल समानहरु राजमार्ग बाट मात्र पक्राउ भएको देखिएको छ । सिमानाकामा पक्राउ हुनुपर्ने मालसमानहरु राजमार्ग सम्म पुगेर पक्राउ पर्नुले सिमावर्ती प्रहरी यूनिटहरुको चरित्रलाई स्पष्ट पारेको छ । सिमामा तैनाथ प्रहरी यूनिटहरुले त्यस्ता अवैध मालसामान तथा राजस्वछलिका समानहरु पक्राउ नगर्नुले आर्थिक चलखेल हुने कुरालाई प्रमाणित गरेको छ ।

पच्छिल्लो केही हप्ता देखि बलरामपुर मुसहर्वा नाकाबाट रातिको समयमा धान , काजु , प्याज र कुखुराको चल्ला लगायत राँगा भैँसी समेतको तस्करी हुने गरेको खबर प्राप्त भएको छ । श्रोतका अनुसार सिमानाकामा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरीहरु आर्थिक प्रलोभनमा छोड्ने गरेका अबैध मालसामानहरु राजमार्गमा पुग्दा पक्राउ गर्ने गरिएको बताइएको छ ।

यस नाकाबाट धानको तस्करी गर्नेमा सन्तोष र विजय पण्डित दुई वटा ग्रुपको बढी चर्चा रहेको छ । त्यस्तै अन्य तस्कर हरु राती राती मोटरसाइकलमा प्याजको तस्करी गरी प्रसौनि र भलुहिमा स्टोर गर्ने गरेका छन् र स्टोर गरीएको प्याज पिकअपमा लोड गरी अन्त लग्ने गरेको स्रोतको दाबि रहेको छ। अन्त लगिँदै गरेको प्याजहरु राजमार्ग प्रहरीले धमाधम पक्राउ गरीरहेकोले राजमार्गका यूनिटहरुमा समेत चाँजोपाँजो मिलाउने काम भइरहेको तर हाल मिलाउन नसकिएको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख सुरेश काफ्लेले तस्करीको मालसमान पक्राउ गर्न प्रहरी युनिटहरुले निर्देशन दिएपनि सिमानाकामा खटिने प्रहरी युनिटहरु रकममा लिप्त हुने गरेको कुरालाइ २/४ दिन पहिला उक्त नाकाबाट धानको बोकेको टेक्टर प्रहरीले पक्राउ गरेपनि आर्थिक लेनदेनमा छाडिएको कुरा बाराका प्रहरी उपरीक्षक काफ्लेलाइ जानकारी नै नदिइएको घट्नाले समेत पुष्टि गरेको छ ।

प्रहरी सँगठनको निर्देशन बिपरित कार्य गर्न पल्केका उक्त नाकामा खटिने प्रहरी र तस्कर हरुलाई समयमै कानुनी उपचारका लागि पहल हुनुपर्ने कुराको माँग सिमावर्ती स्थानीयहरुले समेत गरेका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments