Home अपराध डिआइजी का घुमुवा पटेल र यादवको असुली आतंक

डिआइजी का घुमुवा पटेल र यादवको असुली आतंक

राजु चौरसिया // कलैया, पौष ११

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले खटाएका सादा पोशाकका घुमुवा प्रहरीहरु तस्करहरु सङ्ग पैसा असुल्नमै व्यस्त भइ आफ्नो पदिय र पेशागत मर्यादालाई बिर्सेका छन् । बारा र पर्सा जिल्लाबाट हुने विभिन्न  क्रियाकलापहरुलाइ  सुक्ष्म अनुसन्धान गर्न सदापोसाकमा खटेका शैलेश पटेल र राजेश यादव  आर्थिक असुलिमा लिप्त  हुदैं गएका छन् ।

पटेल र यादव मधेश प्रदेशको डिआईजी भट्टराईको घुमुवा भएको धाक लगाउदै आफ्नो जिम्मेवारी भन्दा बढी बारा र पर्साको सिमानाकाबाट हुने तस्करहरुबाट आर्थिक लाभ लिने कार्यमा ब्यस्त हुने गरेको खबर प्राप्त भएको छ। पटेल र यादव मधेश प्रदेशको डिआईजीको घुमुवा भन्दै सिमानाकाबाट तस्करी गर्ने तस्करहरुसँग दुई तिन हजार भएपनि नलिइ नछाड्ने सिद्धांतका साथ काम गरिरहेको बताइएको छ।

घुमुवा द्वयले बारा पर्साबाट हुने कपडाको तस्करी , हार्डवेयरको तस्करी , कस्मेटिकको तस्करी , धान ,चामल , काजु , किसमिस , प्याज , कुखुराको चल्ला लगायत कवाडको तस्करीबाट दुई तिन हजार भएपनि लिने गरेको श्रोतको दाबी रहेको छ।  बारा र पर्साको सिमानाकाबाट हुने तस्करीको मालसमान सिमनाकाबाट पक्राउ नपरी बीरगंज पथलैया , अम्लेखगंजबाट दिनहुँ मालसमान पक्राउ पर्नेमा अधिकान्स घुमुवा द्व्यले पास गराएका मालसामान हरु भएको बुझिएको छ ।

यति मात्र नभएर घुमुवा द्वय पटेल र यादवले मातहतका प्रहरी प्वाइन्टका प्रहरी हरुलाइ समेत आफुहरुलाइ सहयोग नगरे माथी हाकिम सङ्ग कुरा लाइदिने भनेर मजबुर गर्नेगरेको बताइएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments