चितवन, पौष ११
अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि स्थगित भएकोछ । आज भरतपुर महानगरपालिकाको कार्यपालिका बैठकले भ्रमण वर्ष केही समयका लागि अघि सार्ने निर्णय गरेको हो ।
बैठकले आउँदो पुस २२ गते बस्ने नगरपरिषद् बाट थप कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ । महानगरले भ्रमण वर्षको तयारी तिव्र रुपमा पारेपनि महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न नीजि क्षेत्रले समेतले दिएको सुझाव लाई मध्यनजर गर्दै केही समय पछि गर्ने गरी भ्रमण वर्षको समय सारिएको महानगरपालिकाले जनाएको छ ।

