वीरगञ्ज, पौष ११
सशस्त्र प्रहरी गण न.१३ पर्सा र वीरगञ्ज भन्सार कार्यालय पर्साबाट खटेको सँयुक्त टोलिले करिब ६ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।

भारतबाट अबैध रूपमा भन्सार छलि लुकाइ छिपाइ राखिएको अवस्थामा विशेष सुराकीको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी बाट अन्दाजी रु.५,८३,४५० मूल्री बराबरको कपडा बरामद गरेको हो ।
बरामद गरिएको कपडा आवश्यक कारवाहिका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ ।

