वीरगञ्ज, पौष १२
बारा प्रहरीले अन्दाजी रु १५ लाख बराबरको मोबाइल तथा त्यसमा प्रयोग हुने विभिन्न सामग्री सहित मोबाईल तस्करीमा सँलग्न एकजना लाई बुधबार बेलुकी ४ बजे पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नम्बर ३ खोपवाका रुपन भन्ने रुपनारायण चौधरी रहेका छन् ।

भारत बाट अवैध रूपमा भन्सार छली लुकाएर मोबाईल ल्याएको भनी प्राप्त बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारा बाट खटेको टोलिले चौधरीको घरमा छापामारी गरि विभिन्न कम्पनीको मोबाईल ५१ थान, चार्जर ४८ थान, बैट्री ९ थान र मोबाइलको कभर १४ थान गरि सो परिमाणको सामग्री बरामद गरेको बारा प्रहरीले जनाएको छ ।
बरामद सामग्री सहित पक्राउ परेका चौधरी लाई विशेष अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले बिज्ञप्ती मार्फत जनाएको छ ।

