Home समाचार बिद्युत कार्यालय वीरगञ्जबाट सेवाग्राही पिडित

बिद्युत कार्यालय वीरगञ्जबाट सेवाग्राही पिडित

वीरगञ्ज, पौष १६
नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले ग्राहकहरुलाई अनावश्यक दुःख दिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत महसुल बुझाउन गएका सेवाग्राहीहरुले महसुल बुझ्न समय २ बजे सम्म भए पनि आफुहरु दिउँसो १ बजे नै कार्यालयमा आउँदा समेत कर्मचारीहरुले महसुल नबुझेको र बुझ्न दबाब दिँदा धाक धम्की दिई कार्यालय बाहिर निकाली दुव्र्यवहार गरेको बताएका छन् ।

कार्यालयमा विद्युत महसुल बुझाउन आउँदा आलटाल गरेर ढिलो गर्ने गरेको र एक दिनपनि ढिला भए ब्याजमा एक पैसा नछोडि पुरै ब्याज लिने नितिले यहाँका कर्मचारीहरु प्रोरित रहेको विद्युत कार्यालयमै कार्यालय समयमै भेटेका सेवाग्राहीहरुले कर्मचारीहरुकै अगाडी बताएका छन् ।

साथै सेवाग्राहीलाई गाली गलौज गरी दुव्र्यवहार गरेका कर्मचारी यस तराई खबरका रिपोर्टरहरुले कुरा गर्न खोज्दा स्टोर शाखाको भित्र लुकेर भित्र बाट ढोका बन्द गरेका थिए । कार्यालय परिसरमै सम्पूर्ण कर्मचारीहरु उपस्थित भएर पनि आफ्नो काम छोडी दिनभरी लगाएर आएका त्यत्रो टाढाका ग्राहकहरुको महसुल रकम नबुझेको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

यस सम्बन्धमा कार्यालय प्रमुख सँग बुभm्न खोज्दा उनी लगभग एक हप्ता देखि कार्यालयमा उपस्थित नभएको कुरा एक जना कर्मचारीबाटै बाहिर आएको छ । कार्यालय प्रमुख महिनामा ३÷४ दिन मात्रै कार्यालयमा आउने गरेको र फोनबाट नै कार्यालय हाक्ने गरेको गुनासो केही कर्मचारी बाट समेत आएको भेटिएको छ । यसरी कार्यालय प्रमुख नै गैर जिम्मेवार भएपछि कार्यालयको हालत कसरी सुध्रिने हो भन्ने कुरमा सर्वसाधारण चिन्तित देखिएका छन् । तर यस सन्दर्भमा सम्बन्धित निकायको मौनताले पनि धेरै प्रश्न उब्जिएको आम सर्वसाधारणको भनाई रहेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments