वीरगञ्ज, पौष २४
सशस्त्र प्रहरी बल, नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुरले १६८ के.जि. अबैध लागू औषध गाजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी भिखमपुरले विशेष सुचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट ठोरी तर्फ जादै गरेको बा ११ च ९६८६ नंम्वरको बोलेरो पिकअपमा फल्स वटम वनाई लुकाएर राखेकाे १६८ के.जि. (१६पोका ) प्रतिबन्धित गाँजा बरामद गरी उक्त बलेरो पिक-अप सहित चालक, सहचालक, नेपाली रु ७८,५००।- (अठत्तर हजार पाचँ सय मात्र) र मोबाईल थान-२ बरामद गरि आवश्यक कार्वाहीको लागि नेपाल प्रहरी पर्सा लाई बुझाएको छ ।

