वीरगञ्ज, माघ ८
भारत अयोध्यामा भैरहेको मर्यादा पुरुषोत्तम भगवान रामको प्राण प्रतिष्ठानको अवसरमा आज सोमबार बाराको बलिरामपुरमा पनि दिपोत्सव मनाइएको छ ।

बाराको विश्रामपुर गाउपालिका वडा नम्बर ४ बलिरामपुर स्थित श्री राम जानकी मन्दिरमा स्थानीय यूवाहरुको अगुवाइमा दिप प्रज्वलन तथा पूजापाठ गरिएको छ । आज बलिरापुर गाउँको हरेक घर घरमा श्री राम अन्कित झन्डा हरु लगाइएको छ भने घर घरमा दिप प्रज्वलन गरि दिपावली मानाइएको छ ।
साथै आज घर घरमा भगवान श्री रामको नाम उच्चारण गरि आस्था पुर्वक घर घरमा पूजापाठ गरिएको छ ।

