वीरगञ्ज, माघ १६
पछिल्लो दुईदिन देखि खुलेको मौसमसँगै मध्यतराईको पर्सा, बारा र रौतहट लगायतको जनजिवनमा राहतको अनुभुति भएको छ । पछिल्लो केही दिन देखि बढेको कठ्याङिग्रदो चिसो तथा बाक्लो हुस्सु र सितलहरका कारण नराम्ररी प्रभावित मध्यतराईको पर्सा, बारा, रौतहट तथा सिमावर्ती भारतीय बस्तीहरुमा पनि सोमाबारदेखि खुलेको मौसम सँगै राहतकोअनुभुति भएको सर्वसाधारणहरुले बताएका छन् ।
सोमबार र मँगलवार लागेको घामसँगै चिसोको असर कमभएको जस्तो महसुस गरेको पर्साका ग्रामीण भेगका बासिन्दाहरुको भनाई रहेको छ । खासगरी स्कुले बालबालिकाहरुलाई बढी प्रभाव पारेको चिसोले गर्दा बालबालिकाहरुको पठन पाठनमा समस्या हुनुका साथै विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरु देखापर्न थालेकोमा अब केही राहत हुने विश्वास गरेको आम अभिभावकहरुले बताएका छन् । तर हिजो आजको घामले मौसम परिवर्तन भयो भनेर भन्न नसकिने र श्रीपञ्चमीको अवसर पारेर पुनः चिसो र शितलहर बढ्न सक्ने अनुभव आफुहरुको रहेको गाउँघरका ज्येष्ठ नागरिकहरुको भनाइ रहेको छ ।

