Home विविध बाराको बलिरामपुरमा २० लाखको नालामा व्यापक घोटाला, अख्तियारमा उजुरी गर्ने सर्वसाधारणको तयारी

बाराको बलिरामपुरमा २० लाखको नालामा व्यापक घोटाला, अख्तियारमा उजुरी गर्ने सर्वसाधारणको तयारी

वीरगञ्ज, माघ १५
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरमा रु.२० लाखको लागतमा बनाइएको भनिएको नालामा कमसल किसिमका सामग्रीको प्रयोग र स्टीमेट भन्दा फरक प्रकृतिले निर्माण गरी व्यापक घोटाला भएको भन्दै अख्तियारमा उजुरी हाल्ने तयारी सर्वसाधारणले गरेका छन् ।


वर्षातको समयमा गाउँमा पानी जमेर जनजिवन नराम्ररी प्रभावित हुने गरेको तथा वरपरका कृषियोग्य खेतहरुको बाली नाली समेतलाई नराम्रो असर गरिरहेको अवस्था लाई मध्यनजर गरी आफुहरुको ठूलो प्रयास र धेरै पटक गाउँपालिकामा दौडेपछि मात्र गाउँपालिकाबाट पास भएको यो नाला निर्माण कार्यमा स्थानिय वडाध्यक्ष, नाला निर्माण समितीका अध्यक्ष, सम्बन्धित ईन्जिनियर, ओभरसियर तथा गाउँपालिका अध्यक्ष समेतको मिलेमतोमा कमसल किसिमको सिमेन्ट, स्टीमेट भन्दा कम गिट्टी र बालुवाको प्रयोग गरी नालाको निर्माण गरिएको सर्वसाधारणको आरोप रहेको छ ।

नाला निर्माणको योजना कार्यान्वयनमा कुनै प्रकारको पारदर्शिता र नियमानुसारको प्रकृया पूरा नभएको समेत स्थानियको गुनासो रहेको छ । नाला निर्माणस्थलमा योजना सम्बन्धी जानकारी सहितको बोर्ड राख्नुपर्नेमा नराखिएको, तथा नालाको स्ल्याब ढलान गर्दा तलतिर ३ ईन्च र माथिल्लो भागमा ६ ईन्च ढलान गरि सर्वसाधारणको आँखामा छारो हाली बजेट हिनामिना गरिएको समेत सर्वसाधारणले आरोप लगाएका छन् । उनीहरुले नाला निर्माण कार्य सकिएको लगतै कसैले भान नपाओस भने मनसायले माथिबाट माटोले पुरेर ढाकछोप गर्न खोजेको समेत बताएका छन् । यस सन्दर्भमा गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो सँग बुभmदा गाउँपालिकामा आएर बुझन भन्दै पन्छिएका छन् । त्यस्तै सम्बन्धित वडाका अध्यक्ष किसोरी साह तुरहालाई सम्पर्क गर्दा आफुलाई थाहा नभई नाला निर्माण समितीका अध्यक्ष लाई विशेष कुरा बुझ्न पर्ने बताए भने नाला निर्माण समितीका अध्यक्ष राजन पटेललाई सम्पर्क गर्दा आफुहरुले स्टीमेट भन्दा बढी नै कार्य गरेका दाबी गरेका छन् । साथै नाला निर्माणको वास्तविकता बुझ्न गाउँपालिकाका प्राविधिक ईन्जिनियर अर्विन्द साहलाई सम्पर्क गर्दा सव ईन्जिनियर अभय महतोले त्यसको नापी गरेकोले उसलाई नै सबै कुरा थाहा भएको भनेर पन्छिएका छन भने उनी द्धारा उपलब्ध गराइएको सब ईन्जिनियर अभय महतोको फोन नम्बर ९८१५२९३८६८ मा सयौ पटक फोन गर्दा समेत उपलब्ध हुन सकेको छैन ।


यसरी जनताको विश्वास जितेर सम्बन्धित ठाउँमा पुगेका विश्वासपात्रहरुको यस्तो रवैयालाई कसरी ठीक पार्न सकिन्छ भनि कानुन विज्ञहरु सँग बुझ्दा कानुनी उपचार खोजे यसमा नाला निमाण समितीका अध्यक्ष देखी लिएर सम्बन्धित सवै सरोकारवालाहरुलाई धेरै हदसम्म कारवाहीको दायरामा ल्याउन सकिने भनेर प्राप्त सल्लाह बमोजिम अख्यिारमा उजुरीको लागि लगभग सबै तयारी पुरा भईसकेको सम्बन्धित सर्वसाधारणहरुले बताएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments