वीरगञ्ज, माघ २७
गएराती भएको बस दुर्घटनामा परी चितवनमा २० जना घाईते भएका छन् । रौतहट बाट काठमाडौ तर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ यात्रुवाहक वस पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्तीनगर नगरपालिका वडा नम्बर २ गड्यौलीमा सडक छउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकलाई ठोकेपछि दुर्घट्ना भएको हो । घाईतेहरु सबै बसका यात्रुहरु रहेको र चालक फरार रहेकोले खोजीकार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
घाईते सबैको भरतपुर चितवन मेडिकल काँलेज भरतपुरमा उपचार भईरहेको तथा घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेको खबर प्राप्त भएको छ ।

