Home विविध आज बसन्त पञ्चमी, देशैभरी माता सरस्वतिको पूजा गरिँदै

आज बसन्त पञ्चमी, देशैभरी माता सरस्वतिको पूजा गरिँदै

वीरगञ्ज, फागुन २
आज फागुन २ गते माघ शुक्ल पञ्चमी अर्थात बसन्त पञ्चमी देशभरी नै विद्याकी देवी माता शारदा(सरस्वति)को पूजा गरिँदै छ । आज विद्या, वादन, सुर एवम साजकी देविको रुपमा मानिने माता सारदाको विशेष पूजा आजा र आराधना गरेमा विद्यार्थी, कलाकार, गायक तथा साहित्यकारहरुलाई पेशागत सफल्ता एवम् दक्षता प्राप्त हुने जनविश्वास रहेको छ । आज देशैभरीका सबै विश्वविद्यालय, विद्यालय, पाठशाला, कोचिँग सेन्टरहरु लगायत गाउँघर तथा टोल टोलमा पनि माता सरस्वतिको प्रतिमा राखेर विशेष पूजा आजा गरेको देश्यहरु मनमोहक र आकर्षक देखिएको छ ।

आजको दिन देखि बच्चाहरुलाई विद्यालयमा नामाँकन गराउने तथा अक्षर पढ्न वा लेख्न सिकाउँदा पढाईमा सफल्ता मिल्ने विश्वास स्वरुप विद्यालय जान सुरु नगरेका बच्चाहरुलाई पनि आजको दिन देखि विद्यालयमा पठाउने तथा अक्षर चिन्न र लेख्न लगाउने कार्यहरुमा पनि विस्तारै बृद्धि भएको देखिएको छ । साथै बसन्त पञ्चमीको अवसर पारेर अधिकाँश विद्यालयहरुमा आज निःशुल्क नामाँकनको सुविधा दिएका खबरहरु पनि प्राप्त भएका छन् ।

आज विरगञ्जमा पनि अधिकाँश विद्यालय तथा क्याम्पसहरुमा धुमधामका साथ माता सरस्वतीको पुजा तथा अनुष्ठान गरिँदै छ । विद्याको मन्दिरको रुपमा मानिने विद्यालयहरुका लागि विद्याकी देवि सरस्वतिको पुजा अनुष्ठान एउटा यज्ञ भन्दा कम नरहेको विद्यालय सञ्चालकहरुको बुझाई रहेको छ । आज विरगञ्जका विद्यालयहरुमा माता सरस्वतिको प्रतिमालाई विधिवत स्थापना गरी विशेष पूजा अनुष्ठान गर्ने तथा भोलि विहान विधिवत विसर्जन गरी मुर्तिलाई सेलाउने कार्यक्रम विरगञ्जका अधिकाँश विद्यालय तथा काँलेजहरुमा रहेको देखिएको छ ।
त्यस्तै सरस्वति पुजाको आडमा ठूलो स्वरमा डिजे बजाउने, अश्लिल गितहरु बजाउने, केटीहरुलाई जिस्काउने, जबरजस्ती अबिर दल्ने लगायतका कार्यहरु पछिल्ला दिनहरुमा विकृतिको रुप लिईरहेको समेत देखिएको छ ।

यसरी पुजा जस्तो पवित्र कार्यमा यस्ता गतिविधीहरु हुनु दुखद र अव्यवहारिक रहेको जानकारहरु बताउँछन् । साथै यस्ता गतिविधी गरेमा कडा कानुनी कारवाही गर्ने चेतावनी समेत विरगञ्ज महानगरपालिका, स्थानिय प्रशासनले दिएको छ भने विभिन्न गाउँपालिकाहरुले समेत निर्णय गरेको देखिएको छ ।

सरस्वति पुजामा उत्श्रृङखल गतिविधी गर्नेमा खासगरी विद्यालय र क्याम्पस भन्दा अलग पुजा गर्ने स्थानिय युवाहरु रहने गरेको गुनासाहरु आउने गरेको र सो गतिविधीको सुक्ष्म निगरानी गर्न विशेष सुरक्षा सतर्कता अपनाईएको पर्सा प्रहरीले बताएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments