वीरगञ्ज, फागुन ५
मधेसी पत्रकार समाज पर्साको नया कार्यसमिति आज गठन भएको छ ।
समाज सङ्ग आबद्ध रहेका पत्रकारहरुको आज बसेको बैठकले पत्रकार रामजी यादवको अध्यक्ष्तामा १७ सदसिय नया जिल्ला कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मुन्ना ठाकुर र हरिकिसोर शर्मा, सचिवमा चन्द्र शेखर प्रजापति, सह सचिवमा पुनम चौधरी, कोषाध्यक्षमा धिरेन्द्र तिवारी तथा हरुमा सतेन्द्र यादव, सुरेन्द्र यादव, सचितानन्द साह, नेहा गिरि, सुनिता पटवा, जलन्धर यादव, प्रभा कुमारी यादव, राम बकस यादव, मृत्युन्जय साह, सहिना खातुन र शत्रुधन गुप्ता रहेका छन ।

