वीरगञ्ज, फागुन १५
गजल सम्राट पंकज उदासको निधन भएको छ । बलिउडका एक ठूलो हस्ती चर्चित पार्श्व गायक तथा गजलको दुनियाँमा ख्याती प्राप्त गायक पन्कज उदासको हिजो सोमबार निधन भएको हो ।
उदासको निधनले भारतिय सिने जगत बलिउडमा अपूरणिय क्षती भएको बताइएको छ । उदास देश तथा विदेशका थुप्रै गायकहरुको प्रेरणाको स्रोत रहेको भारतिय कलाकारहरुले बताएका छन् ।

