वीरगञ्ज, फागुन २४
ट्र्याक्टर दुर्घटनामा परि सिन्धुलिमा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
स्थानीय कमलामाइ नगरपालिका-३, सोलाभन्ज्याङ्ग तुफान डाडा स्थित सडकमा हिजो बुधबार राती ११ बजे सिमेन्ट लोड गरेको प्र २-०३-००१ त ४११३ नमबरको ट्र्याक्टर दुर्घटनामा पर्दा घाइते भएका ट्र्याक्टरमा सवार दिनेश काफ्ले र चालक गोपाल तोलाङ्गी लाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुलिमा पुर्याएका थिए भने उपचारकै क्रममा सिन्धुलीको फिक्कल गाउँपालिका-५ का दिनेश काफ्लेको आज विहिवार बिहान मृत्यु भएको बताइएको छ ।

