वीरगञ्ज, फागुन २४
सशस्त्र प्रहरी बल पर्साले आज विहिवार १ लाख ८३ हजार बराबरको भन्सार छलिको समान बरामद गरेको छ ।
वीरगञ्ज भन्सार स्थित सशस्त्र सिमा सुरक्षा गुल्म बाट खटेको गाडी मोबाईल टोलिले अवैध रूपमा साइकलमा लोड गरि भारत बाट नेपाल तर्फ ल्याउदै गरेको रु.१ लाख ८३ हजार ४१० बराबरको हार्ड्वेयर, किराना समान, लत्ताकपडा तथा मोटर पार्ट्सका सामग्रीहरु छाडेर तस्करहरु फरार भएपछी सो सामग्री हरु बरामद गरि भन्सार कार्यालय वीरगञ्जमा बुझाएको बताइएको छ ।

