वीरगञ्ज, फागुन २५
आज फागुन कृष्ण त्रयोदशी अर्थात महाशिवरात्री, देशैभरिका शिवालयहरुमा श्रदालुहरुको व्यापक जमघट देखिएको छ ।
आज श्रदालु भक्तजन हरु दिनभरी निराहार बसेर दिउसोतिर आफुलाइ पायक पर्ने शिवालयमा गएर भगवान शिवको पुजा आराधना गरेका छन ।
आज भगवान शिवको पुजा आराधना गरेमा सुख र समृद्दी प्राप्त हुने जनविश्वास रहेको छ । आज शिवरात्रीको अवसरमा नेपालको विश्व प्रसिद पशुपति नाथ मन्दिर लगायत देशैभरिका शिवालय हरुमा मेला लागेको छ ।
आज महाशिवरात्रीको अवसरमा पर्साको वीरगञ्ज स्थित पशुपति नाथ मन्दिर, अलखिया मन्दिर, माइस्थान मन्दिर, बिन्दवासिनी मन्दिर, बहुअर्वा भाठा मन्दिर, महुवनको पारसनाथ मन्दिर, जिराभवानी मन्दिर लगायतका स्थानमा मेला लाग्नुका साथै भक्तजनहरुको व्यापक उपस्थिती रहेको देखिएको छ ।
महाशिवरात्रीमा रातभरि जाग्रम बस्ने चलनचल्ती अनुसार वीरगञ्जका चौक चौकहरुमा धुनी बाल्ने र रातभरि शिवभजन किर्तन गर्दै जाग्रम बस्ने तयारी भएको देखिएको छ ।

