वीरगञ्ज, चैत्र-२
दुईवटा मोटरसाइकल एक आपसमा जुध्दा बारामा आज शुक्रबार दिउँसो १ जना गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा बाराको विश्रामपुर गाउपालिका वडा नम्बर ४ बलिरामपुर निबासी ३५ वर्षिय मुकेश शर्मा रहेका छन ।
आज शुक्रबार दिउँसो करिब साढे १० बजे वीरगञ्ज बाट कलैया तर्फ जाँदै गरेको ना.६५ प २८४९ नम्बरको मोटरसाइकल र विपरीत दिशा बाट आइरहेको BR 05 Z 9855 नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल एक आपसमा ठोकिदा भएको दुर्घटनामा परि भारतिय मोटरसाइकलका चालक मुकेश शर्मा गम्भीर घाइते भएको र उनलाई उपचारका लागि परवानिपुर गाउपालिका स्थित LS न्यूरो अस्पतालमा भर्ना गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
घट्ना पश्चात् नेपाली प्लेटका मोटरसाइकल चालक फरार रहेको रहेका छन भने दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय प्रसौनिको नियन्त्रणमा रहेको छ । फरार चालकको खोजी तथा घट्नाको अन्य आवश्यक अनुसन्धान भैरहेको जानकारी समेत प्राप्त भएको छ ।

