Home समाचार तराईमा हर्षोल्लासका साथ होलि पर्व मनाइयो, गाउँ गाउँमा डिजे आतंक बढ्दै

तराईमा हर्षोल्लासका साथ होलि पर्व मनाइयो, गाउँ गाउँमा डिजे आतंक बढ्दै

वीरगञ्ज, चैत्र १२

आज फाल्गुन शुक्ल पूर्णिमा तराईका जिल्लाहरूमा आज हर्षोल्लासका साथ होलि पर्व मनाइएको छ ।

आपसी सद्भाव, भाइचारा तथा खुसियाली साटासाट गरि प्राचीन कालदेखी मनाइदै आइएको होलि पर्व आज पनि तराईमा धुमधामका साथ मनाइएको छ । आज तराईका गाउँ घरहरुमा रङ्ग र अबिरको टीका लगाइ, एक अर्का सङ्ग शुभकामना आदानप्रदान गरि मिठा मिठा परिकार खाइ खुसियाली साटासाट गरि मनाइएको छ ।

होलि पर्व मनाउने क्रममा आज तराईका गाउँ हरुमा होलिको झल्को दिने भोजपुरी लोकगीतहरु गाउँदै धूलो उडाइ भागुन महिनाको विधिवत रूपमा विदाइ गरिएको छ ।

यता होलि मनाउने आडमा गाउँ गाउँमा डिजे आतंक बढेको देखिएको छ । होलि पर्व मनाउने बहानामा ठूलो ठूलो स्वरमा भोजपुरी अश्लील गीतहरू बजाएर वातावरण प्रदुषण गर्ने तथा सर्वसाधारण लाइ बाधा पार्ने गरेको देखिएको छ ।

होलिमा त्यस्ता गतिविधि हरु सञ्चालन नगर्न भनी स्थानीय सरकार तथा प्रशासनको आग्रहलाई वेवास्ता गर्दै बाराको बलिरामपुर गाउपालिका वडा नम्बर ४ स्थित बलिरमपुर गाउँमा पनि डिजेको आतंक बढेको देखिएको छ ।

होलि मनाउने क्रममा स साना बच्चाहरु देखि युवा हरु समेतले ठूलो स्वरमा अश्लील गीत बजाइ नाचेको र प्रहरीले गस्तिका क्रममा त्यसो नगर्न आग्रह गर्दा पनि कुनै वास्ता नगरेको स्थानीयले बताएका छन् ।

होलि जस्तो पवित्र पर्वलाइ यास्तो किसिमको विकृति बाट दुषित पार्न खोज्नी भविष्यका लागि राम्रो संकेत नरहेको बुधिजिविहरुको तर्क रहेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments