मनोज गुप्ता// वीरगञ्ज, आषाढ २६
- अज्ञात व्यक्तिहरुले गएराती रौतहटमा एक यूवकको हत्या गरेका छन् । रौतहटको इशनाथ नगरपालिकामा गएराति इशनाथ नगरपालिका –९, लवतनाका १८ वर्षीय सहबाज मिया आलमको पेट्मा धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
आलमको शव शनाथ नगरपालिका–२, स्थित नगरपालिकाको कार्यालय अगाडिको बगैचामा फेला परेको हो ।
सङ्गै बसेर लागुऔषध सेवन गर्ने व्यक्तिहरु सङ्ग विवाद भएपछि धारीलो हतियार प्रहार भएको हुनसक्ने प्रहरिको आशंका रहेको तथा घटनाको सम्बन्धमा विशेष अनुसन्धान भैरहेको रौतहट प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

