वीरगञ्ज, आषाढ २८
आज शुक्रबार प्रतिनिधि सभाको विश्वास गुमाए सङै माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको पदबाट मुक्त भएका छन ।
साथै आजै देखि नयाँ सरकार गठनको प्रक्रिया समेत सुरु भएको छ । नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले दाबी पेश गरेका छन् ।
दाबी पेश गरे सङ्गै उनी आइतबार सम्म प्रधानमन्त्री नियुक्त हुने जानकारी प्राप्त भएको छ ।

