वीरगञ्ज, असार ३०
सँदिग्ध बन्दुकधारीले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गरेका छन् । ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा एक चुनावी र्याली लाई सम्बोधन गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने बन्दुकधारी समेत अमेरिकी सुरक्षाकर्मीको जवाफी कारावाहीमा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गोली लागेपनि ट्रम्प पुर्णरुपमा सुरक्षित रहेका छन् । करिब ३०० यार्ड पर बाट उनीमाथि गोली प्रहार गरिएको बताइएको छ । र्यालीलाई करिब ५ मिनेट सम्बोधन गरेपश्चात धेरै बन्दुकहरु पड्केको आवाज सुनिएको थियो ।
गोली लागे पश्चात ट्रम्पलाइ सुरक्षा अधिकारीहरुले सुरक्षा घेरा बनाई गाडीमा हालेर अस्पताल पुर्याएका थिए । सो घट्नामा एक जना सर्वसाधारणको समेत मृत्यु भएको जनाइएको छ ।

