वीरगञ्ज, श्रावण ५
भाठ्ठा मेलालाइ लक्षित गरि गढुवा लाईन देखि चरभैया भएर मेला जाने रुटको बाटो करिब १ महिना सम्म दैनिक १२ घण्टाको लागि खुल्ला गरिने भएको छ ।

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत रामभौरी भाठ्ठा स्थित प्रसिद्ध दुधेश्वर नाथ महादेवको दर्शन गर्न प्रत्येक वर्षको श्रावण महिनाभरी छिमेकी मुलुक भारत तथा नेपालबाट लाखौंको संख्यामा भक्तजनहरुको दिनहु जसो आगमन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय रामभौरि भाठा सेक्टरले २०८१ श्रावण ५ गते देखि भाद्र ७ गते सम्म दैनिक बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म सो रुटलाइ खुल्ला गर्ने जनाएको छ ।

मेला आउने भक्तजनहरुको आवत जावतमा समस्या नहोस भन्ने अभिप्रायले निकुञ्ज बाट भएको यो व्यवस्था प्रती सर्वसाधारण साकारात्मक देखिएको भएपनी समयलाई अझै केही घण्टा लम्ब्याउनु पर्ने आम भक्तजनहरुको भनाइ रहेको छ ।

