Home समाचार श्रावणको पहिलो सोमबार आज शिवालयहरुमा भक्तजनको घुइँचो

श्रावणको पहिलो सोमबार आज शिवालयहरुमा भक्तजनको घुइँचो

वीरगञ्ज, श्रावण ७

आज श्रावण महिनाको ७ गते श्रावण कृष्ण प्रतिपदा अर्थात यस वर्षको श्रावणको पहिलो सोमबार मध्यतराइको पर्सा, बारा, रौतहट लगायत  नेपाल तथा छिमेकी मुलुक भारतका सम्पूर्ण शिवालयहरुमा भक्तजनको व्यापक घुइँचो देखिएको छ ।

हरेक वर्षको श्रावण महिनाभरी हिन्दु धर्मावलम्बीहरुको प्रमुख देवताहरु मध्येको एक महादेव ( शिव) को मन्दिरमा गइ शिवलिङ्गमा जल अर्पण गर्दा महादेव प्रसन्न हुने तथा आफ्नो मनोकामना पूरा हुने जन विश्वास रहेको छ ।

शिव भक्तहरुको लागि श्रावण महिनामाको विशेष महत्व हुने भएको र श्रावण मासको सोमबार शिव पूजनको लागि अझै महत्त्वपूर्ण मानिने भएकोले आज पर्सा जिल्लाको महत्वपूर्ण शिवालयको रूपमा प्रसिद्ध भाठ्ठाको दुधेश्वर नाथ महादेवको मन्दिरमा हिजै बेलुकी देखि भक्तजनको ठूलो घुइँचो लागेको थियो ।

पर्साको सुगौली पटेर्वा गाउँपालिका अन्तर्गत रामभौरी भाठ्ठा स्थित दुधेश्वर नाथ महादेवको पुजा, अनुष्ठान र जल अर्पण गर्ने उदेश्यका साथ हिजो दिउँसो देखि नै श्राद्धालुहरुको आगमनमा वृद्धि हुँदै आज बिहान सम्म हजारौंको सन्ख्यामा श्राद्धालुहरुको भिड लागेको थियो ।

नेपाल र भारतका विभिन्न प्रदेश बाट आउने गरेका भक्तजनको आवतजावत लाई सहज पार्न पर्सा राष्ट्रिय निकुञ्जले श्रावण ५ गते देखि नै दैनिक १२ घण्टाका लागि भाठ्ठा रुटको बाटो समेत खोल्ने गरेको छ ।

साथै श्रावणको पहिलो सोमबार आज वीरगञ्जको अलखिया मठ, पशुपतिनाथ मन्दिर, सहजनाथ बाबा मन्दिर, बारा जिल्ला स्थित सिद्धेश्वर मन्दिर, भारतको अरेराज स्थित सोमेश्वर नाथ मन्दिर लगायतका शिवालयहरुमा भक्तजनहरुको ठूलो घुइँचो देखिएको छ ।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments