वीरगञ्ज, श्रावण ७
सवारी दुर्घटनामा परि नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जारा दम्पती घाइते भएका छ्न ।

पत्रकार बञ्जारा आफ्नी श्रीमती सङ्गै आफ्नै निजि कारमा सिमरा बाट वीरगञ्ज तर्फ आउदै गर्दा बाराको जीतपुरमा भएको दुर्घटनामा परि पत्रकार दम्पति घाइते भएका छ्न ।
घटनाको प्रकृति हेर्दा निकै भयावह देखिए पनि गाडिमा सवार बन्जारा दम्पती समान्य घाइते भएका छन् । घाइते द्व्यको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भैरहेको छ ।

