वीरगञ्ज, असोज २४
बडा दशैको सातौ दिन आज सप्तमी तिथि देशैभरिको शक्तिपिठहरुमा फुलपाती भित्र्याइदै छ ।
हिन्दुहरुको प्रमुख पर्वहरु मध्येको एक बडा दशै अन्तर्गत सप्तमी तिथिको दिन विभिन्न मन्दिरहरुबाट डोला उठाइ शक्तिपिठहरुमा लगेर विधि पूर्वक पूजाअर्चना गरि फूलापाती मनाइदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज विहान सावा सात बजेतिर फुलपातिको समय निर्धारण गरे पनि छिमेकी मुलुक भारत तथा तराईका केही स्थानहरुमा समेत हिजो बुधबार नै फुलपाती भित्र्याइएको छ ।
आज फुलपातिको अवसरमा मुलुकका सबै शक्तिपिठहरुमा भक्तजनको व्यापक घुइँचो लागेको छ । आज फुलपातिको अवसरमा वीरगञ्जको प्रसिद्ध गहवामाइ मन्दिर, विन्दवासनी मन्दिर, बिर्ता मन्दिर, कुमारीमाइ मन्दिर, राधेमाइ मन्दिर, बैष्णोमाता मन्दिर, बाराको विश्वप्रसिद्ध गढिमाइ मन्दिर, पर्साको कालिकामाइ मन्दिर, बहुदरमाइ मन्दिर, छिपहरमाइ मन्दिर लगायतका शक्तिपिठहरुमा भक्तजनहरुको व्यापक भिड देखिएको छ ।

