वीरगञ्ज, कार्तिक १८
यमपञ्चकको पाचौं दिन आज देशैभरी भाइटिका मनाइदै छ ।
यमपञ्चकको पाचौं दिन आज कार्तिक शुक्ल द्वितीया तिथि को दिन दिदिबहिनी को हातले टीका लगाइ आशीर्वाद लिनाले सुख, एश्ववर्य तथा आरोग्यता प्राप्त हुने जन विश्वास रहेको छ ।
तिहारको मुख्यदिन आज भाइटिकाको शुभ साइत विहान ११:३७ बजे रहेको छ ।
त्यस्तै तराईमा आज गोबर्धन पूजा गरिदैछ । तिहारको भोलि पल्ट गाइको गोबरबाट बनाइएको विभिन्न आकृतिहरुको विधिवत कुटाइ गरेर विधिवत गोबर्धन पूजा गरिएको छ ।
गोवर्द्धन पूजा पश्चात् विहेवारी लगायतका शुभकार्यहरुको सुरुवात गरिने चलन तराइ लगायत सिमावर्ती भारतिय क्षेत्रमा रहेको छ ।

