Home समाचार आस्था र विश्वासको महान व्रत छठ पर्व आजदेखी शुरु

आस्था र विश्वासको महान व्रत छठ पर्व आजदेखी शुरु

वीरगञ्ज, कार्तिक २०

हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठ व्रत आज देखि शुरु भएको छ ।

प्रत्येक कार्तिक शुक्ल चतुर्थी तिथि बाट शुरु भइ सप्तमी तिथि सम्म चार  दिन मनाईने छठ पर्व अन्तर्गत आज पहिलो दिन नहायखायको दिन  श्रद्धालुहरु आ-आफ्नो पायक पर्ने जलासय, ताल, पोखरी आदिमा स्नान गरि चोखो भइ शुद्ध भोजन(खासगरी भात, रहरको दाल, लौकिको तरकारी, तोरिको साग लगायतका) आदि खाएर व्रतको सुरुवात गरिने परम्परा अनुसार व्रतको सुरुवात गरिएको छ ।

यस  पर्व अन्तर्गत भोलि दोश्रो दिन खरना जसलाई  भोजपुरी मौलिक भाषामा रसियाव रोटि भन्ने गरिन्छ । यो दिन दिनभर व्रतालु हरु निराहार( अन्नजल ग्रहण नगरीकन ) बसि बेलुकातिर चोखो माटोबाट निर्माण गरिएको नयाँ चुल्होमा खिर वा रसियाव तथा रोटि पकाइ विधिवत पूजा अर्चना पश्चात् परिवारका सम्पूर्ण सदस्यहरुले आ आफ्नो कुलदेवतालाइ ढोग्ने  तथा सोही रसियाव( खिर) र रोटी लाइ भोजनको रूपमा ग्रहण गर्ने प्रचलन रहेको छ ।

त्यस्तै तेस्रो दिनलाइ भोजपुरी मौलिकतामा संझिया घाट भन्ने गरिन्छ । तेस्रो दिन अर्थात कार्तिक शुक्ल षष्ठिका दिन श्रद्धालुहरु दिनभरी निराहार उपवास वसि साझ पख आ आफ्नो पायक पर्ने जलाशय, पोखरी वा नदिमा गइ अस्ताउदो सूर्यलाइ विधिवत रुपमा अर्घ दिईने प्रचलन रहेको छ । भने पर्बको चौथो अर्थात् अन्तिम दिन जसलाई पारन भन्ने गरिन्छ,  कार्तिक शुक्ल सप्तमिका दिन ३ दिन देखि उपवास वसेका श्रद्धालुहरु विहानै जलाशय, पोखरी वा नदिमा गई उदियमान (उदाउँदो) सूर्यलाई अर्घ दिई विधिवत रूपमा व्रतलाइ समापन गर्ने प्रचलन रहेको छ । यसरी विधिवत रुपमा अर्घ दिई पूजा अर्चना गरे पश्चात् विधिवत रुपमा यो व्रत समापन हुन्छ ।

छठ व्रत गरेपछी आफ्नो सम्पूर्ण मनोकामना पूर्ण हुने तथा सुख, सम्पती र एश्वर्य प्राप्त हुने जन विश्वास रहदै आएको छ । हुन त यो पर्व अचेल सन्सारका धेरै देशहरुमा मनाउन थालिएपनी छठ नेपालको तराई तथा छिमेकी मुलुक भारतको यूपी तथा बिहार राज्यको प्रमुख पर्व हो ।

छठको अवसरमा सिमावर्ती भारतिय बजार लगायत नेपालको तराई भेगका बजारहरु समेतमा छठका लागि किनमेल गर्नेहरुको व्यापक भिड्भाड देखिएको छ ।

यो पर्व तराई तथा यूपी बिहारका अधिकान्स घरमा मानाउने गरिन्छ । यो पर्वका अवसरमा घर घरमा साना देखि ठूला सम्म सबैका लागि नयाँ नयाँ  लुगा किन्ने, दुर दराज गएकाहरु पनि घर फर्किने तथा आफन्त र छिमेकिहरु बिच सौहार्द्ता कायम गर्ने उत्सवको रुपमा मनाइने गरिन्छ ।

छठको अवसरमा आज पर्साको वीरगञ्जमा पनि किनमेल गर्नेहरुको ठूलो जमघट देखिएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments