वीरगञ्ज, कार्तिक २३
हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठ व्रतको चौथो दिन आज परना, आज उदियमान सूर्यलाई अर्घ दिइ व्रत समापन भएको छ ।
भोजपुरी मौलिकतामा परना अथवा बिहनिया घाट भनेर चिनिने छ्ठ पर्व अन्तर्गतको आज चौथो (अन्तिम) दिन ३ दिन् देखि उपवास बसेका श्रद्धालुहरु आज बिहानै नुहाइ धुवाइ गरि चोखो भई पूजास्थल (छठ घाट) मा गएर विधिवत पूजा गरि आ आफ्नो पायक पर्ने जलाशयमा उदियमान सूर्यलाइ आ आफ्नो पुरोहितको मद्दतले अर्घ दिई बिहनिया घाटको पूजा सम्पन्न भई छठ पूजाको विधिवत समापन भएको छ ।
प्रत्येक कार्तिक शुक्ल चतुर्थी तिथि बाट शुरु भइ सप्तमी तिथि सम्म चार दिन मनाईने छठ पर्व अन्तर्गत पहिलो दिन नहायखायको दिन श्रद्धालुहरु आ-आफ्नो पायक पर्ने जलासय, ताल, पोखरी आदिमा स्नान गरि चोखो भइ शुद्ध भोजन(खासगरी भात, रहरको दाल, लौकिको तरकारी, तोरिको साग लगायतका) आदि खाएर व्रतको सुरुवात गरिने परम्परा अनुसार छठ व्रत गत मङ्गलवार देखि सुरु भएको थियो ।
यस पर्व अन्तर्गत दोश्रो दिन खरना जसलाई भोजपुरी मौलिक भाषामा रसियाव रोटि भन्ने गरिन्छ । यो दिन दिनभर व्रतालु हरु निराहार( अन्नजल ग्रहण नगरीकन ) बसि बेलुकातिर चोखो माटोबाट निर्माण गरिएको नयाँ चुल्होमा खिर वा रसियाव तथा रोटि पकाइ विधिवत पूजा अर्चना पश्चात् परिवारका सम्पूर्ण सदस्यहरुले आ आफ्नो कुलदेवतालाइ ढोग्ने तथा सोही रसियाव( खिर) र रोटी लाइ भोजनको रूपमा ग्रहण गर्ने प्रचलन रहेको छ ।
त्यस्तै तेस्रो दिनलाइ भोजपुरी मौलिकतामा संझिया घाट भन्ने गरिन्छ । तेस्रो दिन अर्थात कार्तिक शुक्ल षष्ठिका दिन आज श्रद्धालुहरु दिनभरी निराहार उपवास वसि साझ पख आ आफ्नो पायक पर्ने जलाशय, पोखरी वा नदिमा गइ अस्ताउदो सूर्यलाइ विधिवत रुपमा अर्घ दिईने प्रचलन रहेको छ । भने पर्बको चौथो अर्थात् अन्तिम दिन जसलाई पारन भन्ने गरिन्छ, कार्तिक शुक्ल सप्तमिका दिन ३ दिन देखि उपवास वसेका श्रद्धालुहरु विहानै जलाशय, पोखरी वा नदिमा गई उदियमान (उदाउँदो) सूर्यलाई अर्घ दिई विधिवत रूपमा व्रतलाइ समापन गर्ने प्रचलन रहेको छ । यसरी विधिवत रुपमा अर्घ दिई पूजा अर्चना गरे पश्चात् विधिवत रुपमा यो व्रत समापन हुन्छ ।
छठ व्रत गरेपछी आफ्नो सम्पूर्ण मनोकामना पूर्ण हुने तथा सुख, सम्पती र एश्वर्य प्राप्त हुने जन विश्वास रहदै आएको छ । हुन त यो पर्व अचेल सन्सारका धेरै देशहरुमा मनाउन थालिएपनी छठ नेपालको तराई तथा छिमेकी मुलुक भारतको यूपी तथा बिहार राज्यको प्रमुख पर्व हो ।
यो पर्व तराई तथा यूपी बिहारका अधिकान्स घरमा मानाउने गरिन्छ । यो पर्वका अवसरमा घर घरमा साना देखि ठूला सम्म सबैका लागि नयाँ नयाँ लुगा किन्ने र मीठो तथा चोखो खानेकुरा खाने गरिन्छ । यश पर्वका लागि दुर दराज गएकाहरु पनि घर फर्किने चलन रहेको छ भने यस पर्वलाई आफन्त र छिमेकिहरु बिच सौहार्द्ता कायम गर्ने उत्सवको रुपमा मनाउने गरिन्छ ।

