मनोज गुप्ता// बारा// मंसिर २५
विश्व प्रसिद्ध गढिमाइ मेलामा भक्तजनको भिड अझैसम्म पनि कम भएको छैन । पाँच वर्षको अन्तरालमा लाग्ने भएको र माता प्रतिको आगाढ श्रद्धा र विश्वाका कारण यसमेलामा श्रद्धालुहरुको अत्यधिक भिड लग्ने गर्दछ ।

सन्सारमै सबैभन्दा बढी बलि दिइने यस मेलामा यस वर्ष पनि लाखौंको सन्ख्यामा बोका, राङ्गा, कुखुरा लगायतका जिवहरुको बलि दिइएको छ । मेलामा नेपाल तथा भारत लगायत अन्य मुलुक समेत बाट लाखौ भक्तजन हरुको सहभागिता यस वर्ष पनि देखिएको छ ।
मेलाको सुरक्षा व्यवस्था लाई मध्यनजर गर्दै बारा प्रहरिले छिमेकी जिल्ला तथा अन्य जिल्लाबाट समेत अत्यधिक मात्रामा सुरक्षाकर्मिहरु परिचालन गरिएका छन् ।
मेलामा पछिल्लो १ हप्तादेखी अप्रत्याशित भिड बढेकोमा बुधबार देखि भिड घट्दै जाने अनुमान गरिएको छ ।

