मनोज गुप्ता //वीरगञ्ज, मंसिर २७//
नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि भोलि निर्वाचन हुँदैछ । भोलि हुने निर्वाचनका लागि उम्मेदवार हरु आ आफ्नै तरिकाले कसरत गर्दै छन ।
भोलि हुने निर्वाचनमा नेपाल प्रेस यूनियन र प्रेष चौतारी नेपालको गठबन्धन केन्द्र देखि जिल्ला सम्म बलियो देखिएको छ । पर्सा जिल्ला कार्यसमितिको नयाँ नेतृत्वका लागि ३५ सिट्मा ७८ जनाले आज मनोनयन पत्र दर्ता गराएका छन् ।
पर्सा शाखामा दलित सदस्य छेदी(सुवास )राम र प्रदेश परिषद सदस्य पदमा उम्मेदवारी दिएका सातैजना निर्विरोध निर्बाचित भएका छन्, भने जिल्ला कार्यसमिति अन्तर्गत अध्यक्ष पदका लागि अनुप तिवारी र ओमप्रकाश खनाल, उपाध्यक्ष (खुल्ला तर्फ) भूषण यादव, अलिअसगर देवान र जगत राई, उपाध्यक्ष (महिला तर्फ) निलिमा पौडेल र कविता खड्का, सचीवमा विजय चौहान, शेखर बहादुर क्षेत्री, मनोज पटेल र सफल खतिवडा, कोषाध्यक्षमा सन्जिव मिश्रा, धनन्जय मिश्र, अमित साह त्यस्तै सह सचिवका लागि ६ जना र खुल्ला सदस्यको को ६ वटा सिटका लागि २४ जनाको उम्मेदवारी परेको छ ।
पर्सामा पनि गठबन्धनकै उम्मेदवार हरु बलियो अवस्थामा रहेको भनी अनुमान गरिएको छ ।

