मनोज गुप्ता//वीरगञ्ज, मंसिर २८//
चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन् ।
गत साउन ८ गते काठमाडौ बौद्ध स्थित चाइनिज इन्टरप्राइजेज इन्कुवेसन सेन्टर प्रा.लि मा बास बसेका चिनियाँ नागरिक छि युयान योङ्ग को कोठाबाट रु ९ लाख ९० हजार चोरी गरि फरार रहेका चितवनको भरतपुर महानगरपालिका वडा न. २, बेलडाँगीका रामभक्त श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठ विरुद्ध यस अघि पनि पटक पटक चोरिको मुद्दा परेकोले उनी पेशेवर अपराधी रहेको सन्का छ । उनलाई अपराध अनुसन्धान कार्यालय काठमाडौमा राखी अनुसन्धान भैरहेको छ ।

