वीरगञ्ज, मन्सिर २९//
नेपाल पत्रकार महासङ्घको शुक्रबार सप्पन्न निर्वाचनमा मिश्रित नतिजा आएको छ । अध्यक्ष पदका लागि दुई अलग अलग गठ्बन्धनबाट उम्मेदवारी दिएका पूर्व अध्यक्ष अनूप तिवारी र ओम प्रकाश खनाल मध्ये खनाल ९ मतान्तरले विजयी भएका छन् ।
सुरु सुरुमा नेपाल प्रेस यूनियन र प्रेस चौतारिको गठबन्धन बलियो रूपमा देखिएपनी आपसी द्वन्द्व र घात अन्तर्घात एवम उम्मेदवार सङ्गको व्यक्तिगत लगावका कारण कुनै पनि प्यनालको तर्फ नभै नतिजा मिश्रित आएको छ ।
शुक्रबार विहान ८:०० बजे सुरु भएको मतदान सम्पन्न भएर त्यही राती ९:०० बजे देखि सुरु भएको मतगणनाको राती अबेर सार्वजनिक भएको नतिजा अनुसार खनाल ८४ मत प्राप्त गरि निर्वाचित भएका छ्न भने तिवारी ७५ मत लिन सफल भएका छन् ।
त्यस्तै उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्षमा निलिमा पौडेल, सचिवमा विजय चौहान, सह सचिव खुल्लामा अजय चौरसिया, सह सचिवमा एस के चौरसिया, कोषाध्यक्षमा सञ्जिव मिश्रा तथा सदस्यहरुमा कमला भण्डारी, अजित भुजेल, आरोहण साह, प्रकाश तिवारी, कपिलदेव यादव, प्रमोद यादव, बलिराम शुक्ला, रितेन्द्र झा, श्याम कुश्वाहा, राहुल साह र केन्द्रिय परिषद सदस्यमा राघव साह एवम महेश्चन्द्र गौतम निर्वाचित भएका छन् ।

