मनोज गुप्ता // वीरगञ्ज, पौष १//
- नेकपा एमाले विश्रामपुर बाराले आज चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले विश्रामपुर बारा गाउँपालिका कमिटीका अध्यक्ष मनिर देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एकबाल मियाँ, अतिथिहरु मधेस प्रदेश सदस्य धर्मदेव प्रसाद यादव, एमाले बारा जिल्ला सदस्य धुरन यादव, भावी पालिका अध्यक्षका उम्मेदवार मदन यादव, जुमराती मिया, सन्जय चौरसिया, सुरेन्द्र यादव, हृदय नारायण प्रसाद, मङल यादव, विश्वेश्वर पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

