वीरगञ्ज, पौष १//
नेपाल पत्रकार महासङ्घको नेतृत्व पहिलोपटक महिलाको हातमा आएको छ । महासङ्घको नयाँ नेतृत्वका लागि गत २८ गते सम्पन्न चुनावमा नेपाल प्रेस यूनियन तथा प्रेस चौतारी नेपालको तर्फबाट सझा उम्मेदवारको रूपमा अगाडि बढेकी निर्मला शर्मा ४ हजार २ सय ८२ मत प्राप्त गरि निर्वाचित भए पश्चात् नेपाल पत्रकार महासङ्घको इतिहासकै पहिलो महिला अध्यक्ष हुन पुगेकी हुन ।
उनको निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय ३ मत ल्याएका छन् ।
वरिष्ठ उपाध्यक्षमा युनियन चौतारी प्यानलकै दीपक आचार्य, उपाध्यक्ष महिलामा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमीदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा सोनी शर्मा, सचिव ( आदिवासीमा ) सविन प्रियासन, सचिव (मधेसीमा ) पत्रकार महासङ्घ पर्साका पूर्व अध्यक्ष अशोक कुमार तिवारी, सचिव ( दलितमा ) प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठरज पराजुली र कोषाध्यक्षमा रामकृष्ण अधिकारी लगायतका विजयी भएका छन् ।

