वीरगञ्ज, पौष ३//
विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाइ मेलाको विधिवत समापन भएपनी श्रद्धालुहरुको भिड्मा कमि देखिएको छैन ।बाराको महागढिमाइ नगरपालिका वडा नम्बर १, बरियारपुरमा लागेको यो मेलाको, मेला समितिको कार्यक्रम अनुसार गत आइतबार नै मेलाको विधिवत समापन भएको छ । माताको दर्शनको अभिलाषा बोकेर आएका भक्तजनहरु मेला समिति वा कुनै तहको सरकारले बनाउने नियम कानूनले माता माथीको आस्थामा कुनै प्रभाव पार्न नसक्ने तथा श्रद्धालुहरु मेला लागे पनि वा नलागेपनी माताको दर्शनका लागि निरन्तर आइरहने दाबी गरेका छन ।
गढिमाइ मेलामा यस वर्ष करिब २ करोड को हाराहारीमा छिमेकी मुलुक भारत लगायत अन्य देश बाट समेत दर्शनार्थीहरु आएको तथा मेलामा १० हजार जति राङ्गा र हजारौं बोकाहरुको बलि दिइएको मेला समितिले जनाएको छ ।
साथै गढिमाइ पञ्चवर्षिय मेलामा शान्ति सुरक्षाको लागि भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।यो मेलाको समापन भएपनी मेलामा बलि दिन नसक्ने भक्तजनहरु यस बर्षको माघेस्न्क्रान्तिमा पनि बलिदिन आउने गरेको पुरानो इतिहास रहेकोे छ ।

