वीरगञ्ज, पौष ४//
जङ्गली अर्नाको आक्रमण बाट सप्तरीमा हिजो बुधबार एक जनाको मृत्यु भएको छ ।
आफ्नै खेतमा काम गरिरहेका सप्तरीको हनुमान नगर कन्कालिनी नगरपालिका -९ का स्थानीय किसान् शुभेलाल मण्डल लाई कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको अर्नाले आक्रमण गरि घाइते बनाएको र उपचारका क्रममा उनको मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।घट्ना पश्चात् सो क्षेत्रमा त्रास बढेको समेत बताइएको छ ।

