वीरगञ्ज, पौष ४//
एन पि एल को आज सम्पन्न क्वालिफयर टु मा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाइ २ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गर्दै फाइनलको यात्रा पक्का गरेको हो । आजको खेलमा जनकपुर बोल्ट्सका लागि जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रन बनाए भने कर्णाली याक्सका नन्दन यादव र युवा स्पीनर विपिन शर्माले राम्रो प्रदर्सन गरेका छन् ।
आजको जित सङ्गै एन पि एल को पहिलो उपाधिका लागि जनकपुर बोल्ट्स र सुदुरपश्चिमका बिच अगामी शनिबार अन्तिम भिडन्त हुने भएको छ ।
किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कृकेट मैदानमा हुने फाइनल खेल दुबै टिमका खेलाडी, समर्थक, दर्शक र आयोजक समेतका लागि अत्यन्तै रुचिको विषय बनेको बुझिएको छ । एन पि एल ले नेपाली कृकेटको प्रभावलाई अत्यन्तै लोकपृय बनाएको आमनागरिकको बुझाइ रहेको छ ।

