वीरगञ्ज, पौष ४//
मनाङ्गमा आज विहान ४.७ म्याग्निच्यूडको भुकम्प गएको छ ।
आज विहान ७:३७ बजे मनाङ्गको नेस्याङ्ग आसपास केन्द्रविन्दु बनाइ भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पबाट हालसम्म कुनै मानविय क्षतिको जानकारी आएको छैन । भूकम्प गएपश्चात् उक्त क्षेत्रमा जनजिवन त्रसित भएको बताइएको छ भने सतर्कता साथ आफ्नो दिनचर्यामा लाग्न सरोकारवालाहरुले सुझाएका छन ।

