वीरगञ्ज, पौष ९//
रेस्टुरेन्टमा खाजा खाईसकेपछी बिल तिर्नमा विवाद हुँदा ईन्जिनियरिङ पढ्ने एक विद्यार्थीले आफ्नै साथिको हत्या गरेका छन् ।
हिजो सोमबार राति च्यासलस्थित टाउन अफ क्याफेमा ललितपुर सातदोबाटो बस्ने सुनसरी इटहरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।
ललितपुर प्रहरीका अनुसार रेस्टुरेन्टमा बिल तिर्ने विषयमा विवाद हुँदा हत्या भएको हो । घटना राति करिब सवा नौ बजेको हो । विवाद पश्चात्च क्कु प्रहार गर्दा गम्भीर घाइते गुरुङ लाइ उपचारका लागि बी एन्ड बी अस्पताल ग्वार्को पठाएकोमा उपचारको क्रममा नै उनको मृत्यु भएको बताइएको छ । घट्नाको बारेमाअ खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मृतक गुरुङ हिमालयन इन्जिनियरिङ कालेजमा बि ई चौथो सेमेस्टरका विद्यार्थी हुन ।
घट्नाको बारेमा थप अनुसन्धानका लागि क्याफेका सञ्चालक पदमलाल भट्ट र क्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ ।

