वीरगञ्ज, पौष ९//
यू -१९ महिला विश्वकप कृकेट प्रतियोगितामा नेपाल लाई पुर्याउन सफल क्याप्टेन पूजा महतो र वीरगञ्ज बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमकी खेलाडी साना प्रवीणलाई आज वीरगञ्ज महानगरले सम्मान गरेको छ ।
आज एक समारोहका बिच वीरगञ्जका नगरप्रमुख राजेशमान सिङ्हले खादा ओढाएर रु २५ हजार नगद प्रदान गरि सम्मान गरेका हुन ।
सम्मानित गर्दै मेयर सिङ्हले खेल मार्फत मधेस लाई विश्वमै चिनाएकोमा खुसी व्यक्त गर्दै अगामी दिनमा समेत खेललाई निरन्तरता दिदै देशलाई विश्वसामू उदाहरणिय बनाउन प्रयासरत रहन सल्ला दिएका छ्न ।

