वीरगञ्ज, पौष १०//
मोरङ्गको कटहरी-२, जयरामपुरमा १ युवती सामुहिक बालात्कार गरि फालिएको अवस्थामा भेटेकी छ्न ।
बिहानको समयमा हात, खुट्टा रास्सिले कसेर बाधीएको तथा मुखमा कपडा कोचिएको बेहोस अवस्थामा गाउँ नजिकैको बासघारिमा फेलापरेकी युवतीलाई देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घट्नाको प्रकृति हेर्दा युवती माथी सामुहिक बालात्कार भएको अनुमान गरिएको छ । रातिको समयमा घरबाट बोलाई सामुहिक रुपमा बालात्कार गरि भागेको हुनसक्ने पीडित युवतिका काकाले बताएका छ्न । युवती होसमा आएपछि घट्नाको वास्तविकता खुल्ने बताईएको छ । घट्नामा संलग्न अभियुक्त हरु गाउकै हुनाक्ने सर्वसाधारणको अनुमान रहेकोे छ ।
पिडित युवतिलाइ कोशी अस्पतालमा उपचारका लागि लगिएको स्थानीय प्रहरीले जनाएको छ ।

