वीरगञ्ज, पौष १९//
पछिल्लो ४/५ दिन देखि बढेको चिसोले मध्यतराईको जनजीवन कष्टकर भएको छ ।
जाडोको हिसाबले सबैभन्दा अत्यधिक जाडो पर्ने महिनाको रूपमा मानिने मंसिर तथा पुषको झन्डै आधा महिना सकिन लाग्दा समेत जाडोको खासै असर नपरेकोले जनजीवन समान्य रहेको अवस्थामा यस हप्ताको सुरुवात हुनासाथ एकाएक बढेको अत्यधिक चिसोले जनजीवन नराम्ररी प्रभावित भएको छ ।
चिसोका कारण विहानको समयमा आफ्नो गन्तव्यमा हिडेका यात्रीलाई लाई अत्यधिक सास्ती भएको छ । बिहानको समयमा लाग्ने गरेको बाक्लो हुस्सुले बाटो देख्न नसकेर सवारी साधन चलाउन कठिनाई भएको छ ।
बाक्लो हुस्सु सङ्गै हुने गरेको कठ्याङ्ग्रीदो जाडोले विहान विहानै विद्यालय जाने विद्यार्थीहरुलाई नराम्ररी प्रभावित गरेको छ । जाडोको समयमा जाग्ने गरेको हुस्सुले सवारी दुर्घटना निम्त्याउन सक्ने भएकोले सचेत भइ सवारी चलाउन सरोकारवाला हरुको सुझाव रहेको छ ।
बढ्दै गरेको चिसो र हुस्सुका कारण मध्यतराईको वीरगञ्ज लगायत पर्सा, बारा, रौतहट, सर्लाही तथा भारतिय सिमावर्ती क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको हो ।
अत्यधिक चिसोले खासगरी बढी असर पार्नसक्ने भएकोले बच्चा तथा बृद्धअबश्थाका व्यक्ति हरुको अत्यधिक ख्याल गर्नुपर्ने सुझाव स्थानीय बुधिजिवी हरुले दिएका छन् ।
चिसो सङ्ग बच्न न्यानो कपडा लगाउन, पोसिलो तथा झोलिलो न्यानो खानेकुरा खान र सकेसम्म सचेत रहने सल्लाह स्थानीय चिकित्सकहरुको रहेको छ ।

