वीरगञ्ज, पौष २२//
पछिल्लो समय रौतहटमा जंगली हातिको आतंक बढेको छ । पछिल्लो करिब २ सप्ताह देखि हातीको आतंक बढेको सर्वसाधारण हरुले बताएका छ्न ।
जंगली हातीहरुले जिल्लाको फतुवा बिजयपुर र चन्द्रपुर नगरपालिकाका विभिन्न टोलहरुमा गरि करिब १ दर्जन घरहरुमा क्षति पुर्याएका छन ।
गाउँ नजिकैको सामुदायिक बन बाट ६/७ वटा हुलमा विभाजित भएर विहान र बेलुकी बस्तिमा प्रवेश गरि घर, गोठ तथा बथान भत्काई क्षती पुर्याउने गरेको तथा किसानहरुको अन्नबाली र केरा खेती समेतलाई नष्ट गर्ने गरेको गुनासो स्थानीयले गरेका छ्न ।
हातिहरुले अकल्पनीय क्षती पुर्याउन आक्ने भन्दै हाती आतंकका कारण गाउँलेहरु राती जाग्राम बस्न बाध्य भएका छन् । भने बास्तिमा त्रासमय वातावरण सृजना भएको छ ।

