वीरगञ्ज, पौष २३//
आज विहान देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । आज विहान राजधानी शहर काठमाडौ, मधेस प्रदेशको वीरगञ्ज तथा सिरहा र कोशीको विराटनगरमा भुकम्पको धक्का महसुस भएको छ ।
केही सेकेन्ड सम्म महसुस गरिएको धक्का का कारण काठमाडौ र विराटनगरमा सर्वसाधारणहरु घर बाहिर सडकमा निस्केका थिए ।भूकम्पको धक्का महसुस भएपश्चात सर्वसाधारणमा २०७२ को भूकम्पको सम्झना आएर जनजीवन त्रसित भएको देखिएको छ ।
मधेस प्रदेशको वीरगञ र सिरहामा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पनि भएको सर्वसाधारणले बताएका छन् ।
पछिल्लो केही समय देखि नेपालका विभिन्न भागहरुमा भूकम्पका साना ठूला पराकम्पन तथा धक्काहरु महसुस हुने क्रम बढेको छ । पराकम्पन पस्चिमी नेपालमा बढी भएको देखिएको छ ।
आज महसुस भएको भूकम्पको धक्काले कुनै प्रकारको धनजनको क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन ।

