संजय गुप्ता// वीरगञ्ज, माघ ८//
महिला हिंसा सम्बन्धि चेतनामूलक कार्यक्रम आज देखि पर्साको विन्दवासिनिमा सुरु भएको छ ।
विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ मा वडाध्यक्ष अनोज चौरसियाको अध्यक्षतामा आज एक समारोहका बिच कार्यक्रमको उदघाट्न पालिकाका सामाजिक विकास अधिकृत नरेश चौहानले गर्नुभयो ।
६ दिनसम्म चल्ने यस कार्यक्रमले महिला माथी हुने हिंसाका घट्नाहरुमा न्यूनिकरण हुने विश्वावास लिइएको छ ।
कार्यक्रममा वडा सचीव रामाधार चौरसिया, वडा सदस्यहरु हरेन्द्र चौरसिया, मुकेस साह, सुरसती देवि तत्विन, नेपाली काङ्ग्रेसका बुथ सभापति रामबेलास चौरसिया लगायतकाले मन्तव्य राखेका छ्न ।

