वीरगञ्ज, माघ ११//
गोरखाका पेन्सन बन्चित शिक्षकहरुले आज शुक्रबार शिक्षामन्त्री बिध्या भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् ।
एक औपचारिक कार्यक्रम पशपश्चात गोर्खा बजार स्थित होटल गोर्खा प्यलेसको सभाहलमा आयोजित एक समारोहका बिच पेन्सन बन्चित शिक्षक संघर्ष समिती गोरखाको नेतृत्वमा गएका शिक्षकहरुले ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र पछिको छलफलमा शिक्षकहरुले राखेको मागका सम्बन्धमा शारणा राख्दै शिक्षामन्त्री भट्टराईले विधालय शिक्षा ऐन ल्याउन आफूले कसम नै खाएको तथा कुनै कारणले ऐन ल्याउन नदिइए आफू पनि सडकमा आन्दोलन गर्ने उदघोष गर्नुभयो ।
मन्त्री भट्टराईले शिक्षकलाई झोले भनी हेप्ने गरेका नेताहरुलाई इङ्गित गर्दै शिक्षकहरुलाई झोले यी राजनितीक दल र तिनका नेताहरुले बनाएको सत्यतालाई समेत उजागर गर्नुभयो ।
वहाँले निवृतिभरण ऐनमा सन्सोधन गरि राखिएको शिक्षक शब्दको सम्बन्धमा मन्त्रालयमा छलफल गरि सो नियम बमोजिम योगदानमा अधारित निबृतिभरण लाई २०८१ साल देखि लागू गर्ने भनेर व्यवस्था मिलाउनका लागि हिजो नै अर्थ मन्त्रालयलाई पत्राचार समेत गरि सकिएको बताउनुभयो ।
कार्यक्रममा गोर्खाका पेन्सन बन्चित शिक्षक लगायत सर्वसाधारण, बुधिजिवी, पार्टिका कार्यकर्ता तथा सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो ।

