वीरगञ्ज, माघ १६//
विश्वकै ठूलो जमघट हुने मेलाको रुपमा प्रसिद्ध भारतको उत्तर प्रदेश स्थित प्रयागराजमा गत जनवरी १३ देखि जारी महाकुम्भमेलामा हिजो मङ्गलवार राती मचेको भागदौड्मा परि मर्नेको संख्या ३० पुगेको छ ।
आज बुधबार रहेको मौनी अमावश्या (औंशी) को दिनमा भएको शुभ मुहुर्तमा स्नान गर्नका लागि हिजो मङ्गलवार राती करिब १ बजेतिर पुगेको ठूलो भिड्का बीच अचानक भागदौड सुरु भएपछि सो घट्ना भएको हो । घट्नामा परि करिब ५ दर्जन श्रद्धालुहरु घाइते भएका छ्न ।
मृतक मध्ये २५ जनाको सनाखत भैसकेको महाकुम्भका डिआईजि वैभव कृष्णले जानकारी दिएको भारतिय सञ्चारमाध्य्महरुले बताएका छन् ।
घट्ना लगत्तै ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरि स्थितिलाई नियन्त्रणमा लिइएको तथा केही घण्टा पश्चात् नै स्नानलाई निरन्तरता दिइएको छ ।
यस वर्षको महाकुम्भमा ४० देखि ५० करोडको हाराहारीमा भक्तजनहरुको आगमन हुने अनुमान गरिएको छ भने करिब १०० करोड श्रद्धालुहरुको लागि सम्पूर्ण तयारी गरिएको बुझिएको छ ।

