वीरगञ्ज, माघ १८//
श्रमजीवी पत्रकार संघको जिल्ला समिति बारामा पनि गठन भएको छ।
कलैयामा आज शुक्रबार सम्पन्न पत्रकारहरुको एक भेलाबाट शिवशंकर मिश्रको अध्यक्षतामा १३ सदस्यीय बारा जिल्ला समिति गठन भएको हो ।
नवगठित समितिको उपाध्यक्षमा नरेश गुप्ता,महिला उपाध्यक्ष प्रियंका सरार्फ, सचिव चन्देश्वरचौरसिया(राजु), सहसचिव श्याम पासवान र महेन्द्र सहनी, कोषाध्यक्ष विशाल सरार्फ एवम् सदस्यमा शर्मा बैठा, अजय यादव वियोगी, अनिल वर्मा,विनीता चौधरी,कृष्ण कुश्वाहा, श्याम ठाकुर र रन्जन कुमार चयन भएका छन ।
नेपाल पत्रकार महासंघका मधेस प्रदेश सदस्य संजीव मिश्रको प्रमुख आतिथ्यता र नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाराका श्रमजीवी पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

