वीरगञ्ज, माघ २४//
भारत र नेपालका विभिन्न अपराधीक घट्नामा संलग्न रहने गरेको एक गिरोहका ४ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
लहान स्थित एक सुनचाँदी पसलमा डकैती गर्ने योजना बनाईरहेको भनी प्राप्त गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका – ८ निवासी इन्द्रनारायण चौधरी र देवकुमार मुखिया, लहान नगरपालिका-४ का दिनेश विश्वकर्मा र भारत पश्चिम बङ्गाल हुगली ग्राम पञ्चायत भगवतीपुर-७ का मेघराज मण्डल रहेका छन् ।
पक्राउ पर्नेहरु लगायतकाले डि ग्रुपको नामले अपहरण, लुटपाट, चोरी डकैती र चन्दा असुली जस्ता अपराधिक गतिविधि संचालन गर्दै आएको बताईएको छ ।
पक्राउ परेका यिनिहरुलाई हिरासतमा राखी विशेष अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

